श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न कमल थापाको माग


वैशाख २५, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

थापाले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भत्र्सनायोग्य हुनेसमेत बताएका छन् ।

यसअघि थापाले श्रीनिवासलाई गत चैत २५ गते गोली प्रहार भएसँगै घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका थिए । तर प्रहरीले सोमबार आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलाई काठमाडौंबाट पक्रेको थियो ।

प्रहरी अनुसन्धानबाट नयाँ तथ्य खुलेसँगै थापाले यसमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

उनले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।