Logo

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्ड प्रयोग



काठमाडौं, वैशाख २६ । थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ ।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् ।

‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्