वैशाख २६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले ऐन, नियम र सरकारको निर्णय नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।
“भनेको नमान्ने कर्मचाीविरुद्ध कानुनअनुसार अगाडि बढ्छौँ ।” पण्डितले भने । तीनै तहको सरकारमा राष्ट्रसेवकले सेवा गर्नुपर्ने भन्दै पण्डितले निजामति सेवा ऐनअनुसार नै कर्मचारी खटाएको बताए ।




प्रतिक्रिया