Logo

मोदीको सुरक्षाका लागि ८६ जना भारतीय कमाण्डो, नेपाली सुरक्षाकर्मी सात हजार



वैशाख २६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार हुन लागेको भ्रमणमा सुरक्षाका लागि भारतीय सेनाको कमाण्डो टोली नेपाल उत्रिएको छ ।

सुरक्षा प्रबन्ध मिलाउन भन्दै सोमबार र मंगलबार गरी भारतबाट ८६ जनाको कमाण्डो टोली नेपाल आएको हो । टोलीले प्रधानमन्त्री मोदी आउने जनकपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको गृहमन्त्रालयले जनाएको छ ।

८६ जनाको सुरक्षा कमाण्डो टोलीमध्ये २५ जना जनकपुर, १५ जना मुस्ताङ र बाँकी काठमाडौँमा रहेका छन् । पाँच घेरा गरेर प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था मिलाइएको छ ।

भ्रमणको समयमा मोदी चढ्ने बुलेट प्रुफ गाडी समेत भारतबाटै आइसकेको छ । नेपाल सरकारले भने जनकपुरमा मात्रा मोदीका लागि सात हजारभन्दा बढी सुरक्षाकर्मी खटाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्