ओली-प्रचण्डबीच भेटवार्ता, ट्वीटको विषयमा भ्रम हट्यो


काठमाडौं, २६ बैशाख  । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफलपश्चात वातावरण सहज बन्यो ।