धनराज वास्तविकः
काठमाडौं, २७ बैशाख । आगामी जेठ ४ र ५ गते बस्ने भनिएको अनेरास्ववियुको केन्द्रीय कमिटीको वैठकले संगठनको नयाँ नेतृत्व चयन गर्ने बुझिएको छ ।संगठनको २०७२ फागुनमा भएको २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गर्नु अनेरास्ववियुको लागि अनिवार्य जस्तै बनेको छ । अनेरास्ववियु गुट भन्दा पर पुगेर फुटको दलदलमा फसेको कतिपय नेरास्ववियुका नेताहरुले बताउन थालेका छन् ।
अनेरास्ववियुको आगामी नेतृत्वको लागि उपाध्यक्ष रश्मि आचार्य, महेश वर्तौला, सुनिता बराल, शैलेश लामा र महासचिव ऐन महरले दावि रहेको बताउँदै आएका छन् ।
१. महेश वर्तौला
अनेरास्ववियुका कार्यवहाक अध्यक्ष महेश बर्तौलाले आमागाी नेतृत्व संगठनको विधि विधानबाट चयन हुने कोठुवा गरेका छन् । उनले भने, ‘संगठनमा म सिनियर हुँ, पदाधिकारीको हैसियतमा उपाध्यक्षहरु जो भएपनि हुन्छ, हाम्रो संगठनको नेतृत्व विधि र विधानमा रहेर चयन गर्ने हो, तथापी पार्टीले रचनात्मक रुपमा केही भूमिका खेल्छ, त्यसलाई अनर्थ रुपमा लिनु हुँदैन ।’
नेता वर्तौलाले महासचिव ऐन महरको दाविलाई अप्राकृतिक भनेर ब्याख्या गरेका छन् । उनले भने, ‘महर जी नेता हो, कुशल व्यत्ति हो, त्यसमा दुईमत छैन्, तर उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो, महासचिवमा झर्नुभयो, मैले महासचिवको दावि गरिरहेको थिए उहाँले दावि नछोडेकाले म उपाध्यक्ष बने, हामी चार जना उपाध्यक्ष मध्यबाट अध्यक्ष जो भएपनि हुन्छ, यसमा म क्लियर छु ।’
२ रश्मि आचार्य
रश्मि आचार्यले आगामी अनेरास्ववियुको आगामी नेत्तृत्व आफूले पाउनेमा कुनै शंका नभएको दावि गरेका छन् । उनले भने,‘शैक्षिक आन्दोलनको कुरा होस्, या अनेरास्ववियुलाई गतिशील बनाउने कुमार होस् मेरो भूमिका रहँदै आएको कुरा सबैले जानेकै कुरा हो, राजनीतिक, वैचारी र सांगठनिक रुपमा राम्रो छ, संगठनका साथीहरुलाई माया गर्ने कुरा सबै विद्यार्थी नेता कार्यकर्तालाई थाह भएको कुरा हो केन्द्रीय वैठकले मलाई नेतृत्व दिनेमा म विश्वस्त छु ।’
मातृ पार्टीको हस्तक्षेप हुँदैन भनेर सोधिएको प्रश्नमा आचार्यले भने, ‘अनेरास्ववियु स्वतन्त्र सार्वभौम संगठन हो, हाम्रो नेतृत्व केन्द्रीय कमिटिका दक्ष विद्यार्थी जनशक्तिले गर्नेहो, पार्टीको हस्तक्षेको बारेमा मैले कुनै कल्पना समेत गरेको छैन् ।’
उपाध्यक्ष सहित महासचिव समेतको बलियो दाविलाई कसरी लिनु भएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘उपाध्यक्षहरु बाटै आगामी कार्यकालको अध्यक्ष बन्ने हो, महासचिवको पनि दावि छ, त्यो स्वभाविक छ ।’
३ सुनिता बराल
नेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले आगामी अनेरास्ववियुको नेतृत्व आफुले लिनेमा कुनै दुईमत नभएको तर्क गरेकी छिन् । उनले भनिन्,‘अखिलको नेतृत्व अखिलमा आवद्ध विद्यार्थीहरुले छान्ने हो यसमा दुईमत भएन । तर माउ पार्टीले भातृ संगठनको नेतृत्वमा सहजिकरण गर्न खोज्नुलाई अनर्थ रुपमा लिनु हुँदैन । जहाँसम्म पार्टीको निर्देशनमा नेतृत्व चयन नहोला । विद्यार्थीबीचमा नै नेतृत्व चयन होला । मेरो आशा यो हो । विद्यार्थीहरुले सहज रुपमा स्वीकार गर्ने र विवादरहित नेतृत्व चयन गर्ने कुरामा पार्टी नेतृत्वले ध्यान दिनुपर्छ ।’
विद्यार्थीहरुले स्वीकार गर्ने नेतृत्व नै आजको आवश्यकता हो । नेतृत्वको लागि दावि गरिरहनु भएका जम्मै साथीहरु पुरुष हुनुहुन्छ । म एउटा नारी हुँ । उहाँहरुले पनि चुनाव जितेर आउनु भएको हो । म पनि खुल्ला उपाध्यक्षमा विजयी हासिल गरेर आएकी हुँ । कसैको भन्दा कम दावि मेरो छैन् । समान हैसियतमा आईसकेपछि सिनियर र जुनियरको कुरा आउँदैन । त्यो कुरा विद्यार्थीसाथीहरु र नेतृत्वलाई राम्रोसँग थाह छ ।
उनले भनिन्,‘राजनीतिमा लागिसकेपछि विचार बिनाको कोही हुँदैन, संगठनमा पहुँच सबैको हुन्छ, पार्टीका सबै नेताहरुलाई चिनजान छ, मेरो पनि छ, अध्यक्ष ओलीको निकट म पनि हुँ, अरु कोही साथीहरु पनि हुनुहोला, अन्ततः अनेरास्ववियुको नेतृत्व केन्द्रीय कमिटीका साथीहरुले चलय गर्ने हो, त्यसमा कुनै दुईमत छैन् , सबै भन्दा पहिले म पूर्णत संगठन प्रति र हाम्रो पार्टीले दिएको जिम्मेवारी प्रति कर्तव्यवान छु भन्ने मेरो दावि हो । मैले अखिल हुनुको अर्थ थाह पाएकी छु । अखिलमा आवद्ध भईरहदा मैले खेलेको भूमिका सबै विद्यार्थी साथीहरुलाई अवगत छ ।’
४ शैलेस लामा
नेरास्ववियुको नयाँ नेतृत्वको लागि दौडधुप गरिहरका नेताहरु भन्दा आफु योग्य रहेको दावि गरेका छन् । उनले भने,‘संगठनमा रहेर मैले कुनै विवाधित काम गरेको छैन्, अन्य साथीहरुका दावि स्वभाविक छन्, उपाध्यक्षहरुबाटै अध्यक्ष बन्ने कुरामा दुईमत छैन्, म अरु उपाध्यक्ष भन्दा फरक व्यक्ति हुँ अखिलको केन्द्रीय वैठकले मलाई नेृत्वको जिम्मा दिने कुरामा दुईमत छै ।’
उनले अघि थपे,‘सकभर अखिलको नेतृत्व सर्वसम्मत हुन्छ नभए संगठनको विधि विधान छ, त्यसको आधारमा नयाँ नेतत्व चयन हुन्छ, आगामी जेठको ४ र ५ गते संगठनको मिनि महाधिवेशनले यसको छिनोफानो गर्छ ।’
५. ऐन महर
लामो समयदेखि बैठक बस्न नसकेको र समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिएका छन् । उनले आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन हुने पनि जिकिर गरे ।
उनले भने,‘केन्द्रीय कमिटिका साथीहरुको वैठकमा बोल्ने साथीहरुको विचार नै संगठनको नेतृत्व छान्ने आधार हो, चार पाँच जना साथीहरुको दावि छ, जो भएपनि कुनै विवाध हुँदैन ।’
प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो । बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने महासचिव महरले बताए । सांसद भएपछि अध्यक्ष लामाले कार्य व्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएकी छिन् ।




प्रतिक्रिया