मोदी भ्रमण : जनकपुरमा उत्सवको माहोल


जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा जनकपुरमा ठुलो उत्सव भएझैं व भएको छ। मान्छे अस्तव्यस्त देखिएका छन् भने सुरक्षाको घेरामा रहेका बाह्रविग्हालाई बाहिरबाट नियाल्न समेत स्थानीयहरु पुगेको देखिएका छन्।

पाहुनालाई स्वागत गर्न बनाईएको मिथिला आर्ट, बाह्रविग्हाको सरसफाई तथा अभिनन्दन मञ्च स्थानीयहरुको लागी पनि नौलो भएकोले साँझ ४र५ बजे समयमा उक्त क्षेत्रमा स्थानीयहरुको भीड लागेको देखिएको छ।