जनकपुर जाँदा ओलीको नयाँ पहिरन-कुर्ता पाइजामा र गम्छा


वैशाख २८, जनकपुर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् ।

केहीबेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आइपुग्दै छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् ।

अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।