Logo

तस्विरमा हेर्नुहोस जानकी मन्दिरमा ओली–मोदी मिलन



जनकपुर, २८ बैशाख । दुई दिने नेपाल भ्रमणको क्रममा आज विहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएका छन् । उनी अहिले जानकी मन्दिर आइपुगेका छन् ।

मोदी जनकपुर विमानस्थलबाट सिधै जानकी मन्दिर आइपुगेका हुन् । मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिर परिसरमा भव्य स्वागत गरेका छन ।

प्रधानमन्त्री ओली समकक्षी मोदीसँगै संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्ने कार्यक्रम छ । साथै उनले जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।

मोदी अपरान्ह काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्