सीता भूमिमा पाइला टेक्न पाउँदा ज्यादै खुसी छु : मोदी

0
Shares

जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री मोदीले उनले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए ।

मोदीले आफूलाई यहाँ स्वागत गरेकोमा प्रधानमन्त्री ओलीसहित नेपाल सरकार, प्रदेश सरकार, नगर सरकारप्रति आभार व्यक्त गरे । उनले आफूलाई प्रधानमन्त्री बनाउने उत्तर प्रदेश, बनारस र त्यहाँका जनतालाई स्मरण गर्दै नेपाल र भारतीय जनताको अटुट सम्बन्ध अविस्मरणीय रहेको बताए ।

उनले यहाँबाट सुरु भएको बस सेवाबाट रामायण सर्किटमा पर्ने स्थानहरुको आर्थिक विकास एवम् नेपाल-भारतका जनताको सम्बन्ध अझै मजबुत हुने बताए ।