संखुवासभा, २८ वैशाख (रासस) : नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रुपमा शिलान्याश गरेसँगै यहाँ एक कार्यक्रमको आयोजना गरिएको छ ।
नुम, फाक्सिन्दामा आयोजित सभालाई संखुवासभाका संघीय सांसद राजेन्द्रप्रसाद गौतमले सम्बोधन गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पिडिएमा उल्लिखित सेवासुविधा उपलब्ध गराउन सतलज कम्पनीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार शाक्य, प्रदेशसभाका सदस्य पूर्णकुमार राई, तुलसीप्रसाद न्यौपाने, पदमकुमारी गुरुङ, पूर्वसांसद वेदमाया भण्डारी, पूर्वमन्त्री तारामान गुरुङ, पूर्वराज्यमन्त्री दीपक खड्कालगायतले आयोजना तोकिएको समयअगावै सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
आयोजना सम्पन्न भएको २५ वर्षभित्र नेपाललाई रु ३४० अर्ब फाइदा हुने र २५ वर्षपछि आयोजना नेपालको स्वामित्वमा आउने आयोजना प्रमुख सतीशकुमार शर्माले बताउनुभयो ।




प्रतिक्रिया