मोदी पशुपतिनाथ मन्दिरमा, पर्यटनमन्त्रीले गरे स्वागत


काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा पूजाको लागि प्रवेश गरेका छन् । यसअघि उनलाई मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए ।