काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पशुपतिनाथको दर्शन तथा विशेष पूजा गरेका छन् ।
मोदीले पुस्तिकामा भनेका छन्, ‘म नेपाल र भारतका सबै नागरिकको जीवनमा शान्ति, प्रगति र समृद्धिको कामना गर्छु ।’ पशुपतिनाथमा प्राथना गर्नका लागि व्यवस्था गरिदिएकोमा मोदीले पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारसँग आभार समेत व्यक्त गरेका छन् ।

‘भारत सरकारको सहयोगमा पशुपतिनाथ परिसरमा निर्माधिन धर्मशालाले श्रद्धालुहरुलाई सुविधा प्रदान गर्ने छ भन्नेमा मलाई आशा छ’, मोदीले पुस्तिकामा लेखेका छन् । शुक्रबार जनकपुरस्थित रामजानकी मन्दीरमा पनि उनले लामै अनुभव आगन्तुक पुस्किामार्फत साटेका थिए।
यसअघि मोदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले मन्दिर परिसरमा स्वागत गरेका थिए ।




प्रतिक्रिया