मोदीद्धारा २९ घण्टामा नेपालका तीन तिर्थस्थलको दर्शन, देखियो यस्तो चार्म


काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक नेपाल भ्रमण गरेका छन्। उनले आफ्नो २९ घण्टाको काठमाडौं बसाईमा धनुषाको

जनकपुरमा रहेको जानकी मन्दिरमा पूजा गरे । त्यस्तै उनले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर र काठमाडौंको पशुपतिनाथको पनि आज विशेष पूजा गरे । मोदीले पशुपतिनाथमा यो दोस्रो पूजा हो । उनले यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दापनि पशुपतिको दर्शन तथा विशेष पूजा गरेका थिए ।

मोदीले यसपटकको नेपाल भ्रमण जनकपुरबाट सुरुवात गरेका थिए । उनले १२ विघामा आयोजित नागरिक अभिन्दनमा सम्बोधन गर्दापनि आफ्नो यसपटकको भ्रमण प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा हो भन्दै नेपालीहरुलाई जनाएका थिए ।

मोदीले आफू धार्मिक भ्रमणमा नेपाल आएको बताए अनुसार नै उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथमा विशेष पूजा गरे । उनी यसपटक तिर्थ यात्रीकै रुपमा नेपाल भ्रमणमा आएको भन्ने कुरा उनले तीन वटै मन्दिरमा गरेको विशेष पूजाले दर्शाउँछ।

मोदीको धार्मिक व्यक्तित्वको विश्वमै चर्चा भैरहेको छ । उनको नेपाल भ्रमणले पनि धार्मिक व्यक्तित्वमा थप उचाई प्रदान गरेको छ । मोदी यतिको सक्रिय हुनुमा उनको त्याग, तपस्या, योग र ध्यान नै प्रमुख कारण रहेको बताउने गरिएको छ ।

स्वामी आनन्द अरुणले मोदी तपस्या गर्न सक्ने व्यक्तित्व भएकोले उनमा स्मरण शक्ति अधिक रहेको विश्वास दिलाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्वामी अरुणले भने,‘ऋषिजी मोदीजसँग अदभुत शक्ति छ, उहाँमा त्याग, तपस्या, योग र ध्यानको शक्ति छ ।’

मोदीको सम्मानको लागि काठमाडौंस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा मोदीले समूहगत रुपमा भेटघाट तथा फोटो खिचाएका थिए । स्वामी आनन्द अरुणको समूहमा मधेशी दलका नेताहरु र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलापनि सरिक थिए ।