दाङ, वैशाख ३० : प्युठानमा आइतबार बिहान करिब ३ बजे भएको बस दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।
दुर्घटनामा परि प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. २ निवासी १७ वर्षीय हिरा टमाटा, गौमुखी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीया सविता शर्माको मृत्यु भएको छ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ निवासी अन्दाजी ३० बर्षीय सरिता चन्द गिरी र कैलाली जिल्लाको चौमाला गाउँपालिका वडा नं. ९ निवासी अन्दाजी ३७ वर्षीय विरु चौधरीको मृत्यु भएको हो ।
हवल्दार डिसीका अनुसार कैलालीका चौधरी बसका चालक हुन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। डिसीका अनुसार अब जिल्ला अस्पताल विजुवारमा दुई जनाको मात्रै उपचार भइरहेको छ।
गुल्मी अल्गुंगका ४५ वर्षीय तारा विष्ट र चितवनको चित्रवन नगरपालिका–१७ स्थायी घर भइ हाल छिमेकी देश भारतमा बस्दै आएका ७३ वर्षीय राजेन्द्रप्रसाद तिमल्सिनाको मात्रै प्युठानमा उपचार भइरहेको छ।




प्रतिक्रिया