Logo

कामी रिताले बनाए विश्व कीर्तिमान



काठमाडौँ, २ जेठ : सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्