काठमाडौं, २२ बैशाख । संयुक्त विद्यार्थी सङ्गठन, शिक्षा विभाग र निजी विद्यालयका छाता संगठनहरु प्यावसन र एनप्यावसनबीच तालाबन्दी खोल्ने सहमति भएको छ ।
केही समय पहिलेदेखि नै मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै उपत्यकाका सयभन्दा बढी निजी विद्यालयमा संयुत्तः विद्यालर्थी संगठनहरुले तालाबन्दी गरेका थिए ।
तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी सङगठनले काठमाडौँका सय भन्दा बढी विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गरेका थिए ।
विद्यार्थी संगठनले विद्यालयले तोकेकोभन्दा बढी शुल्क लिएको र बढी लिएको शुल्क फिर्ता नगरेकोले तालाबन्दी गरिएको बताएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरुको समन्वयमा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिन अनुगमन समिति बनाइने भएको छ ।
संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयन गर्ने सर्वपक्षीय सहमतिपछि शनिबारबाट विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । शिक्षा विभागमा बिहीबार लगाइएको ताला पनि खोलिएको छ ।




प्रतिक्रिया