यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौं, २३ बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो । प्रिमियर लिगकै अन्य खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २(१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले लेस्टर सिटीलाई २(० ले पराजित र्गयो । यसैगरी बर्नमाउथले स्वान्सी सिटीलाई १(० ले तथा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २(१ ले पाखा लगाए । एभर्टन र साउथह्याम्पटनले भने १(१ गोलको बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । लिभरपुल र चेल्सी आमने सामने हुँदा च्याम्पियन म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग खेल्नेछ । यसैगरी आर्सनलको भिडन्त बर्न्लेसँग हुनेछ । एजेन्सीको सहयोगमा
0
Shares

काठमाडौं, २२ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् ।

सरकारले यातायात क्षेत्रमा जारी ‘सिन्डिकेट’ प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौंको नयाँबानेश्वरको एक होटलबाट शनिबार पक्राउ गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए ।

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापाले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । रासस