Logo

सरकारले कला र संस्कृतिको संरक्षणमा जोड दिएको छ : मन्त्री पण्डित



काठमाडौँ, २२ वैशाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चाहना मिडिया प्रालिद्वारा यहाँ आज आयोजित ‘नेपाल म्युजिक अवार्ड–२०७५” को उद्घाटन गर्दै मन्त्री पण्डितले नेपालीपन झल्किने कला र संस्कृतिको प्रवद्र्धन गर्दै कलाकारलाई सम्मान गर्नुपर्छ भन्नुभयो ।

“कलाकारिताको क्षेत्रमा देखिएका विकृति हटाउँदै कलाको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याउने, समाजलाई सही बाटोमा डो¥याउने कलाकरलाई सम्मान गर्नुपर्छ”, मन्त्री पण्डितले भन्नुभयो ।

राष्ट्रियसभाका सदस्य कोमल ओलीले ‘नेपाल म्युजिक अवार्ड–२०७५’ ले नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्नाका साथै पुराना कलाकारलाई पनि सम्मान पुगेको छ भन्नुभयो ।

“नेपाल म्युजिक अवार्ड–२०७५’ का संयोजक सहदेव कोइरालाले नेपाली सांगीतिक क्षेत्रमा देखिएका विकृति हटाउनका लागि पनि चाहाना मिडिया प्रालिले पहिलोपटक अवार्ड प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा एरेन्जर हेमन्त शिशिरलाई ‘उत्कृष्ट म्युजिक एरेन्जर पुरस्कार’, गायक ज्ञानु सुब्बा ‘उत्कृष्ट पप आधुनिक गायक पुरस्कार’, गायिका विष्णु माझी ‘उत्कृष्ट लोक दोहारी पुरस्कार’ र गायक कस्तुप पन्तलाई ‘उत्कृष्ट लोक दोहोरी रचनाकार पुरस्कार’ लगायत विभिन्न ३८ विधाका कलाकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । (रासस) 



प्रतिक्रिया दिनुहोस्