Logo

राष्ट्रिय सभागृहमा नेकपाका नेता तथा कार्यकर्ताहरुको खचाखच



काठमाडौं, ३ जेठ ।केहीबेरमा एमाले माओवादी पार्टी एकता घोषणा हुने स्थान राष्ट्रियसभा गृहमा नेता कार्यकर्ताको घुँइचो लागको छ । एकता घोषणा सुन्न नेता कार्यकर्ताहरु बिहिबार मध्यान्हबाटै राष्ट्रिय सभागृह पुगेका थिए ।

चारबजे पार्टी एकता हुने भनिएपनि दलहरु आन्तरिक गृहकार्यमै व्यस्त भएकाले साढे चार बजेसम्म पनि एकताका लागि नेताहरु सभागृह आइपुगेका छैनन् । सभागृहको हलभित्र मञ्च तथा कुर्सीको व्वस्थापन भइरहेको छ भने बाहिरतर्फ नेता कार्यकर्ता खचाखच बसेका देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्