Logo

एकता घोषणा सभामा प्रचण्डको गला अवरुद्ध



काठमाडौं, ३ जेठ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज एकता घोषणा सभालाई सम्बोधन गर्दा भावुक बनेका छन् । उनले सम्बोधन गर्दा अवरुद्ध भएको थियो ।

आज राष्ट्रिय सभा गृहमा ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बनेपछि सभाहलमा बसेकाहरुमा पनि एकछिन मौनता छाएको थियो ।

अध्यक्ष प्रचण्डले एकता सभालाई सम्बोधनको सुरुवातमै आफूलाई शब्दको दुःख भएको बताएका थिए ।

आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्