Logo

टेम्पो हाँक्न होईन, जेट विमान चलाउन दुई अध्यक्ष बसेका हौं : ओली



काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा पार्टीमा दुई अध्यक्ष राखेको कारण खुलाएका छन् ।

उनले आफूहरु टेम्पो हाँक्न नभएर जेट विमान चलाउनको लागि एकीकृत पार्टीमा दुई जना अध्यक्ष बसेको सुनाएका हुन् ।

आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी गरेका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएका हुन् ।

कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ?



प्रतिक्रिया दिनुहोस्