अहंकार र दम्ब विना जिम्मेवारी पूरा गर्छौँ : पुन


जेठ ४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले दुई दल एक हुँदा खुशी र उत्साह बढेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उर्जामन्त्रीसमेत रहेका पुनले अबका दिनमा सामाजिक न्यायसहितको विकासको यात्रा सुरु भएको बताए ।

समाजवादतर्फको यात्रामा आफूहरु अगाडि बढेको उनले बताए । “समाजवादी क्रान्तिका लागि नयाँ थालनी गरेका छौँ ।”

एकताका लागि दबाब दिने कार्यकर्ता, नेता र एकता गराउन सफल प्रचण्ड र केपी ओली धन्यवादको पात्र भएको पुनले बताए ।

ठूलो कम्युनिष्ट पार्टी बन्दैमा अरु दलहरुसँग सहकार्य नगर्ने भन्ने आशंका नगर्न उनले आग्रह गरे ।

“जुन शक्ति ठूलो हुन्छ त्यो जिम्मेवार र विनम्र हुन्छ । विना अहंकार, विना दम्ब जिम्मेवारी पूरा गर्छौँ ।” पुनले भने ।