मदन–आश्रित स्मृतिमा विद्यार्थीलाई छात्रवृत्ति

0
Shares

बुटवल, ४ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ ।

छात्रवृत्ति पाउनेहरूमा शक्ति वर्णवाल, स्नेहा शाक्य, प्रियंका गुरुङ, विशाल ज्ञवाली, प्रिया गुरुङ, क्षमा पाण्डे, प्रेरणा राना, सन्ध्या खड्का, सुनिल सुनार, रोशनी तामाङ, सोमन गुरुङ, सिमा राना, कवि पराजुली, श्याम बिहारी थारु, रितिका चौधरी, नर्मदा पौडेल, करण कुमाल, तारा थारु, योगिता सापकोटा र रमा भण्डारी रहेका छन् ।

कार्यक्रममा मदन–आश्रित स्मृति अक्षयकोषका सदस्य भइ विभिन्न तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।

नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार देवेन्द्र घिमिरेले मदन आश्रितको स्मृतिमा नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०को एकता हुनु मदन आश्रितप्रति सच्चा सम्मान भएको बताउनुभयो । रासस

Skip This