नेविसंघद्धारा नेपाल आयल निगममा धर्ना (फोटोफिचर)


काठमाडौं, ४ जेठ । नेपाल विद्यार्थी संघले पट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेपाल विद्यार्थी संघका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरुको सहभागितामा आयल निगमको केन्द्रीय कार्यालयमा आज धर्ना दिईएको थियो ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवम् नेविसंघ सिटिईभिटिईका संयोजक अर्जुन बमले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने बताए ।

उनले भने,‘आज हामीले निगमका महानिर्देशकलाई पुग्नेगरि ज्ञापन पत्र बुझाएका छौ, केही समय कुछौं, पहिलेकै अवस्थामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौ, हामीले हिजो काँग्रेस सरकारमा हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य फिर्ताको लागि शान्तिपूर्ण आन्दोलन गरेका थियौं।’

वाम सरकारबाट जनताले दुःख पाउने क्रम बढिरहेको उनको आरोप छ । उनले थपे,‘देउवा सरकारको पालामा २ रुपैयाँ पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा अनेरास्ववियूले सडकमा टायर बालेको थियो, आज १० रुपैयाँ बढाउँदापनि बालेको छैन्, विद्यार्थी आन्दोलन सत्तापक्ष होईन प्रतिपक्ष बनेर शिक्षा र समाजको लागि लड्नुपर्छ भन्ने नेविसंघको मान्यता हो, हाम्रो माग सम्बोधन नभएको खण्डमा आन्दोलनको आँधिबेहेरी ल्याउने छौं ।’

तस्विर : मुकुन्द कालिकोटे