यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो


काठमाडौं, जेठ ४ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ ।

यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका भट्टराईलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय भएको छ। तर, शुक्रबार मन्त्रालयका सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र महानिर्देशक भट्टराइलाई थमाइएको हो ।

भट्टराईले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन तथा नयाँ कार्यविधि बनाउन सक्रिय भूमिका निभाएका थिए ।