स्कुल ठप्प, विद्यार्थी यार्सा टिप्न लेकतिर


काठमाडौं ६ बैशाख । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् ।बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् ।

यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

जनप्रतिनिधि पनि लेकतिर
यसैगरी रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–३ का वडाध्यक्ष धोकरा बुढा वडा कार्यालयका कामकाज थाती राखेर यार्सा टिप्न पाटनतिर गएका छन् । गाउँपालिका कार्यालयलाई जानकारी नगराईकन वडाध्यक्ष बुढा यार्सा टिप्न गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । वडाध्यक्ष बुढा वैशाख ३० गते पाटनतिर गएकाले गाउँ कार्यपालिका बैठकमा समेत उपस्थित नभएको घर्तीले बताए।