तनहुँ सभापति न्यौपानेको अगुवाईमा कांग्रेस सुदृढीकरण अभियान, नमुना जिल्ला बनाउने लक्ष्य


वाम एकताले आत्तिनुपर्ने अवस्था छैन, पार्टी सुधारको मौका हो : न्यौपाने

जेठ ६, काठमाण्डौ । नेपाली कांग्रेस तनहुँले पार्टी सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर कांग्रेसले आफ्ना गतिविधि बढाएको हो ।

काँग्रेसको गाउँपालिकास्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्नलाई निरन्तरता दिइएको छ ।

नेपाली काँग्रेस तनहूँको पार्टी संगठन परिचालन तथा अनुगमन अभियानअन्तर्गत शनिवार ऋषिङ्ग गाउँपालिकस्तरीय भेला वडा नं. ७ को पोखरीभञ्ज्याङ्मा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस जिल्ला सदस्य तथा अनुगमन टोली संयोजक मोहन गिरीको अध्यक्षतामा सम्पन्न बृहत् भेलामा प्रमुख अतिथि नेका जिल्ला सभापति वैकुण्ठ न्यौपाने र विशिष्ट अतिथि पूर्व जिल्ला सभापति ध्रुव वाग्ले रहनुभएको थियो ।

नेपाली कांग्रेसको पकडलाई नमुना जिल्लाको रुपमा स्थापित गर्ने उद्देश्यले सुदृढीकरण अभियानमा लागिएको जिल्ला सभापति न्यौपानेले बताएका छन् ।

विगतमा तनहुमा कांग्रेस बलियो रहे पनि अहिलेको चुनाव प्राविधकिक कारणले हार्नुपरेको उल्लेख गर्दै न्यौपानेले आगामी चुनावसम्म पुनः कांग्रेसकै बर्चस्व कायम गराउन सकिने दाबी गरे ।

“अर्को चुनावसम्म काग्रेस सुधारको नमुनाको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । हामी सफल भएरै छाड्छौँ ।” न्यौपानेले बताए ।

वाम गठबन्धनको एकतालाई चुनौतिभन्दा बढि अवसरको रुपमा लिएर कांग्रेसका कमी कमजोरी हटाउने हो भने आगामी दिनमा कांग्रेसको संगठन मजबुत हुने सभापति न्यौपानेले बताए ।

भेलामा नेका क्षेत्र नं. २ का कार्यवाहक सभापति झुलबहादुर आले, (साविक) क्षेत्र नं. २ का सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, नेका जिल्ला सदस्यद्वय निलबहादुर थापा तथा पवित्रा पौडेल, आमन्त्रित जिल्ला सदस्य तथा टोली सदस्य हीराबहादुर थापा, क्षेत्रीय सचिव तथा टोली सदस्य इन्द्रबहादुर आले, आमन्त्रित क्षेत्रीय सदस्य गिनुमाया थापा, ऋषिङ्ग गा.पा. संयोजक रामनाथ काफ्ले, व्यास–१ का सभापति महाप्रसाद हड्खले, ऋषिङ्ग गापा वडा संयोजकद्वय जंगवीर आले र भोजराज रानाभाटले कांग्रेसको संगठन कसरी बलियो बनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी तरूण दलका केन्द्रीय प्रतिनिधि मथुराकृष्ण श्रेष्ठ, नेविसंघका जिल्ला सचिव तथा टोली सदस्य विमल गिरी, तरूण दल क्षेत्रीय अध्यक्ष दानबहादुर श्रेष्ठ, नेपाल शिक्षक संघ ऋषिङ् गा.पा. अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र आदिकवि भानुभक्त क्याम्पस दमौलीका स्ववियू सदस्य सुदर्शन पोख्रेलले धारणा राखेका थिए ।

उक्त अवसरमा रामनाथ काफ्लेको संयोजकत्वमा नेका ऋषिङ्ग गाउँपालिका कार्य समिति गठन गरिएको थियो । नवगठित कार्य समितिको उपसंयोजक तिलबहादुर थापा, सचिव दानबहादुर श्रेष्ठ, सहसचिव पानकुमारी खाँण पराजुली र कोषाध्यक्षमा सन्देश गजमेर चयन हुनुभएको छ भने सदस्यमा चिरञ्जीवी ढकाल रहनुभएको छ । समितिमा वडा संयोजकहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ । जसमा वडा नं. १ देखि ८ का संयोजकहरू क्रमशः उडबहादुर आले, जीवन चन्द ठकुरी, ऋषिराम रानाभाट, भोजराज रानाभाट, पदमबहादुर थापा, भक्तबहादुर आले, जंगवीर आले र भरतकुमार श्रेष्ठ रहनुभएको छ ।

यसैगरी सो अवसरमा ऋषिङ्ग गा.पा. जनप्रतिनिधि कार्यदल पनि गठन गरिएका थियो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित उक्त कार्यदलमा उपाध्यक्ष गिनुमाया थापा, वडाअध्यक्षद्वय जंगवीर आले र भोजराज रानाभाट र कार्यपालिका सदस्य सविना राना सदस्य रहनुभएको छ ।

संगठन सृदृढीकरणका लागि कार्यबाहक सभापति जितप्रकास आलेको नेतृत्वमा शनिवार नै आँबु खैरेनी गाउँपालिकामा पनि कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको आगामी गतिविधीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आँबुखैरेनी संयोजक रेशम गुरुङ, आँबु गाउँ समितिका सभापति गिरबहादुर थापाको अध्यक्षतामा सृदुढीकरण कार्यक्रम सम्पन्न भएको तनहुँ कांग्रेसका कोषाध्यक्षसमेत रहेका गुरुङले जानकारी दिए ।