चाँदीका अवैध गहनासहित दुईजना पक्राउ


जेठ ५, मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले अवैध चाँदीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट लुकाएर नेपाल ल्याइएको चाँदीका गहनासहित मोरङ जहदा गाउँपालिका घर भएका चन्दन साह र कटहरीका पिन्टु साहलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २३ वटा औंठी, तीन जोर पाउजु, दुईवटा रिंङ र टुक्रा पारिएका चाँदी बरामद गरिएको छ ।

पक्राउ परेका दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ