जेट विमानमा दुईजना मात्रै पाइलट हुँदैनन्, छेउमा अरु पनि छन् : भट्टराई


जेठ ६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले नवगठित पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले अहिलेको नेतृत्वले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भने पनि केपी ओली र प्रचण्ड नै अभिभावकको भूमिका रहेको बताए ।

“सिङ्गल इन्जिनवाला विमान होइन । जेट विमान हो । दुईजना मात्रै पाइलट हुँदैनन् । छेउमा अरु पनि हुन्छन् । सबैको निगरानी भइरन्छ ।” भट्टराईले बताए ।

जेट विमान चलाउनका लागि ओली र प्रचण्ड अहिले अभ्यासको चरणमा रहेको उनले बताए । आफूहरु पनि पाइलटकै भुमिकामा ओली र प्रचण्डसँगै रहेको उनको तर्क छ ।

https://youtu.be/cv2tPZqhFkk