ऋण काढेर ‘स्मार्ट’ विद्यालय


काठमाडौं ७ जेठ ।  शिक्षक र विद्यार्थीहरू डिजिटल गेटबाट छिर्छन्, स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् । यो कुनै सम्पन्न निजी विद्यालय होइन । भक्तपुर चाँगुनारायण–८ थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको दैनिकी हो ।

सामुदायिक भए पनि शिक्षाको समयसापेक्षतालाई बुझेर विद्यालयले प्रविधि प्रयोग गर्न थालेको छ । ऋण काढेर स्मार्ट बोर्ड जोडिएको हो । ऋण काढेरै भए पनि स्मार्ट अध्ययन लागू गर्नुपरेको कारण खोल्दै प्रधानाध्यापक इन्द्रमणि गिरीले भने, ‘सामुदायिक विद्यालयलाई राम्रो बनाउन विभिन्न प्रयास ग¥यौं, त्यसका लागि नगरपालिकादेखि शिक्षा मन्त्रालयसम्म गयौं तर बजेट पाएनौं ।

लिखित रूपमै पनि विभिन्न नियकासँग बजेट मागेका थियौं, त्यो पनि नपाए पछि यस वर्षबाट आईसीटी प्रविधिबाट शिक्षण गराउनुपर्छ भनेर ऋण लिएका हौं ।’

उनले शिक्षा संवद्र्धनका लागि स्थापित निकायहरूबाट आस मारेका छैनन् । उनले भने, ‘यो वर्ष पनि हामीले ठाउँठाउँमा निवेदन दिएका छौं । हेरौं, सामुदायिक विद्यालय सुधारका लागि केही हुन्छ कि †’

सरकारी र निजी आवासीय विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता बनेको छ । सामुदायिक विद्यालयमा पर्याप्त भौतिक सुविधा भएकै भरमा मात्र अभिभावकले विश्वास गर्ने अवस्था छैन । त्यसका लागि शिक्षक प्रधानाध्यापक नै लाग्नुपर्ने अनुभव र अभ्यासहरूले प्रस्ट पारेको छ । यसैलाई मनन गरी विद्यालयले आफ्नो स्तरोन्नतीमा सहयोगका लागि विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाइएको गिरीले बताए ।

सूचना प्रविधि उपयोग गरी त्यसलाई शिक्षण क्रियाकलापसँग जोड्न सर्वसाधारणलाई अभ्यास गराउन थालिएको हो ।

Skip This