संघीयतासम्बन्धी जति कार्यक्रम आउनुपर्दथ्यो, त्यति आएन् : भट्टराई


काठमाडौं, ७ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् सांसद डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आजको नीति तथा कार्यक्रममा संघीयतासम्बन्धी यथेष्ट कार्यक्रमहरु समेट्न नसकेको गुनासो पोखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।