जेठ ८, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले सरकारले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले कार्यान्वयनको पाटोलाई मध्येनजर गरेर नै नीति तथा कार्यक्रम बनेको दाबी गरे ।
कृषिमा उत्पादन दोहोरो गर्ने, पूर्वाधारमा रेल निर्माण, सडक विस्तार जस्ता काम गरेर लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।
राजनीतिक स्थिरता र प्रतिवद्धता विगतका जस्तो कमजोर नभएकाले अहिलेको सरकारले ल्याएका कार्यक्रम लागु हुने उनको जिकिर छ ।
नीति तथा कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयनको बाटो हिँड्ने सरकारको लक्ष्य रहेको रिमालले बताए ।
नीति तथा कार्यक्रममा शंकाको लाभ भएको भन्ने कुरालाई स्विकार गर्दै उनले आशंका गर्नेहरुलाई पर्खन आग्रह गरे ।
स्वयम् विपक्षी दलले पनि सकारात्मक टिप्पणी दिएको भन्दै उनले ईच्छाशक्ति र मिहिनेतका आधारमा लक्ष्य प्राप्त गर्ने उनको तर्क छ ।




प्रतिक्रिया