बुटवल, ८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजबाद उन्मुख नभएको बताएका छन् ।
उनले सरकारले शब्दमा समाजबाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति नआएको उनको भनाइ छ । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीबिकाको सवाललाइ सरको सम्बोधन नगरेको उनको ठहर छ ।
‘समाजबाद उन्मुख भन्ने तर नीति नै छैन,नीति केहो,कसरी हो ,कृषिमा आत्मनिर्भर कृषि नीति,भूमिसुधार नीति के हो ,नया पिढिले के गर्ने,राजगारी कसरी सिर्जना गर्ने,युवाहरु के गरेर बस्ने ,आत्मनिर्भर बनाउन के गर्ने, उद्यँेग धन्दा कलकारखाना खोल्ने नीति खै ,कुराले बोड्को भरिन्छ ?’उनको प्रश्न छ ।
उनले सरकारका नीति शब्दजाल भएको भन्दै कुरामात्रै गर्ने भन्दा काम गर्ने दिन आएको उनले बताए ।
सरकारले यातायातको सिण्डीकेट तोडेकोमा धन्यबाद दिदै उनले अब मुलुकमा १५ मध्ये १४ सिण्डिकेट बांकी रहेको बताए ।
‘अब शिक्षा, स्वास्थ्य,न्यायपालिकामा पनि सिण्डिकेट छ,अब बांकी १४ सिण्डीकेटरहरुले नै सरकार खाने खतरा छ ।’
केसीले एमाले र माओवादी वीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताए । सबै कुुरा मिले पछि पार्टी एकता नौलो कुरा नभएको उनले बताए ।
‘उनीहरुले समाजबाद भनेको छन् यो प्रबत्तिले मुलुकमा समाजबाद आउदैन ।’ झलनाथ खनाललाइ पनि थाहै नदिइ हांसो मजाकमै एकता भएको रहेछ भन्ने पुष्टि भयो उनले भने ।
अध्यक्ष केसीले हालै गठित नेकपासंग आफ्नो पार्टीको एकता नहुने प्रष्ट पारेका छन् । ‘निर्बाचनका बेला चुनाबी तालमेल भएपनि जुन इस्युमा सहमति भयो त्यो कार्यगत एकता हो ,पार्टि एकताका लागि धेरै मिल्नुपर्छ सैद्धान्तिक,सांगठनिक पक्ष लगायतका अहिले सम्भब छैन’ केसीले भने ।
नेपालमा संघीयता कार्यान्वयनको हुनै नसक्ने भन्दै उनले प्रदेश २ बाट नै संघीयता असफलको संकेत शुरु भएको बताए ।
मधेशी दलले संसोधनको कुरा परेन भनेर भनेको भन्दै उनले त्यसभित्रको उद्धेश्य चाँही गम्भिर रहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने दोहोर्याए ।
‘हामी सरकारमा जांदापनि संघीय प्रणालीको बिरोध गर्यौ, संघीयता बोकेर हिडेका ठेकदारहरुका मनमा पनि अहिले जौतिल पाकेको छ ।’ मनमा जौतिल पाकेको छ ,बाहिर हुन्छ हुन्छ भन्छन् भित्र हुदैन ,नेपालको अस्थित्व समाप्त भएमात्रै संघीयता सफल हुने उनको दाबि छ ।
प्रदेश सरकारको कामै नभएको उनको ठहर छ, सांसद र मन्त्रीको चिया खाने काम भो नेपाली जनतालाइ आर्थिक भार मात्रै ,सांसदको काम खै ? उनले स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने उनको दाबि छ ।
केसीले प्रदेश खारेज गर्नुपर्ने दाबि समेत गरे । रिपोर्टर्स क्लव प्रदेश नम्वर ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।




प्रतिक्रिया