Logo

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने



जेठ ९, काठमाण्डौ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचत संगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो ।

रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे ।

नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् ।

‘५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गर्दैछौं ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुल बारकोड बाट भुक्तान गर्न सकिन्छ ।

धेरै वस्तु तथा सेवा पाइने रिचार्जरमा अहिलेसम्मकै धेरै पेमेण्ट गेटवे इन्टिग्रेट गर्ने क्रम जारी छ । ई सेवा, आईमी पे लगायतका अधिकांस पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ ।

रिचार्जको शतप्रतिशत क्यास व्याकले सपिंगमा टेवा पुर्याउँछ । ‘रिचार्जरका प्रयोगकर्तालाई शतप्रतिशत क्यास व्याकसँगै हरेक ब्राण्डेड सामान सस्तो मूल्यमा उपलब्ध गराउँने लक्ष्यका साथ काम गर्दैछौं । यसका लागि नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दैछौं ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

४० हजार पटक डाउनलोड भएको रिचार्जरको आगामी भर्सनबाट होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्ने व्यवस्था गरिने बताइएको छ । दैनिक उपभोग्य सामान, लत्ता कपडा, विद्युतीय तथा मेशिनरी सामान पाइने रिचार्जरमा साइकलदेखि गाडीसम्मका उत्पादनका साथै नुनदेखि सुनसम्मका वस्तु उपलब्ध गराउने काम तिब्र रुपमा भैरहेको छ ।

३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिना भित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने छन् ।

रिचार्जरको मोबाइल एप्स एप्पलको एप्स https://itunes.apple.com/np/app/reecharger/id1125224725?mt=8 तथा https://play.google.com/store/apps/details?id=com.reecharger बाट डाउनलोड गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्