अब पार्टीगत ट्रेड युनियनहरु प्रतिबन्ध गर्छु : मन्त्री पण्डित


काठमाडौं, ९ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आधिकारिक बाहेक पार्टीगत ट्रेड युनियनहरुलाई प्रतिबन्ध लगाउने गरि आफूले तयारी थालेको स्पष्ट पारेका छन् ।

बुधबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘अब सरकारले कर्मचारीहरुलाई राजनीति गर्न निषेध गर्छ, अब कुनैपनि पार्टीगत ट्रेड युनियनहरु चल्न दिँदैनौं, सबैलाई प्रतिबन्ध लगाउँछौं, हामीले गृहकार्य थालिसकेका छौं।’

उनका अनुसार निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनबाहेक अब सबै पार्टीगत युनियन चलाउन नपाउनेगरि केही दिनभित्रै कडा कदम चाल्ने तयारीमा सरकार रहेको छ । मन्त्री पण्डितले यसको लागि आफूले विद्येयकमै स्पष्ट प्रतिबन्धको व्यवस्था गर्ने पनि जानकारी दिए ।