Logo

ट्वीटरका कारण ट्रम्प विवादमा, यस्तो आयो अदालतको आदेश



जेठ १०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समाजिक संजालमा निकै सक्रिय हुन्छन् । त्यसैले उनलाई सामाजिक संजालमा पछ्याउनेहरु धेरै छन् ।

तर ट्रम्पले टिइटरमा रहेका केही फलोअर्सलाई ब्लक गरेपछि विवादित बनेका छन् । उनलाई ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै एक न्यायाधिशले ट्रम्पको आलोचनासमेत गरे ।

जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् ।

‘सामाजिक सञ्जाल जनताको मञ्चको रुपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् ।

ट्रम्प र ह्वाइट हाउस प्रशासनले भने न्यायाधीशको आदेशपछि मौन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्