अर्थमन्त्रीको काठमाडौमा ३० रोपनी जग्गा, कहाँबाट कमाए ? छानबिन कसले गर्ने ?


जेठ १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका एक मात्र गैर राजनीतिक पृष्ठभूमिका मन्त्री हुन डा. युवराज खतिवडा ।

धनी मन्त्रीको सूचीमा रहेका अर्थमन्त्री खतिवडाको काठमाडौं–४ मा ५ आनामा बनेको घर छ । उनकी श्रीमतीको नाममा सोही स्थानमा १४ आनामा ठडिएको अर्को घर छ । एउटा घर राष्ट्र बैंकबाट सापटी लिएर र अर्को घर संयुक्त राष्ट्रसंघमा जागिरे हुँदा कमाएको पैसाले किनेको उल्लेख गरेका छन ।

खतिवडा र उनकी श्रीमतीको नाममा भक्तपुरमा २४ आना, झापामा ४ बिघा १८ कट्ठा, काठमाडौं कागेश्वरीमा ४ रोपनी १ आना २ पैसा र दोलखा सयौँ रोपनी जग्गा छ । यो जग्गा १ करोड ४९ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।

खतिवडाले सार्वजनिक गरेको बाहेक पनि काठमाण्डौ उपत्यकामा नै ३० रोपनीभन्दा बढि जग्गा रहेको उनी निकट व्यक्तिहरुले बताउने गरेका छन् ।

मन्त्री खतिवडाले २०३० सालपछि १० तोला सुनका र १ किलो चाँदीका गहना जोडेका छन् ।

खतिवडाले नबिल र सानिमा बैंकको खातामा गरी ६२ हजार सात सय ३ अमेरिकी डलर नगद राखेका छन् । यस्तै, विभिन्न बैंकमा ९० लाख छ । दुईवटा सहकारीमा ५ हजार ५० कित्ता सेयर ५ लाख ५ हजार रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।