नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान, यस्तो छ भ्रमणको उद्देश्य


काठमाडौँ, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ शुक्रबार दिउँसो चीन प्रस्थान गरेका छन्। प्रवक्ता श्रेष्ठ कार्ल माक्र्सको दोस्रो शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका हुन्।

नेता श्रेष्ठले चीनको सन्जेन प्रान्तमा हुने कार्यक्रममा भाग लिनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग राजनीतिक भेटघाट पनि गर्ने बताएका छन्। उनी चीनमा पाँच दिनसम्म रहनेछन्। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि चीन जाने श्रेष्ठ नेकपाको पहिलो शीर्ष नेता हुन्।