Logo

रक्तदानसम्बन्धी एक दिवसीय बृहत्त अन्तरक्रिया सम्पन्न, कसले के भने ?



काठमाडौं, ११ जेठ । नेपालमा रगतको अभाव भैरहेको अबस्थामा रक्तदानको क्षेत्रमा काम गर्दै आएका ५० भन्दा बढि संस्थाहरुको सहभागितामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रक्त सञ्चार सेवा केन्द्र र गैर–आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा उक्त एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ब्लड डोनर्स एसोसिएसन नेपालका उपाध्यक्ष रमेशध्वज बस्नेतले नेपालमा पछिल्लो समय रगतको अभाव, चुनौती, बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वातावरण बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गरेका थिए ।

रक्त सञ्चार सेवा केन्द्र र ब्लोदानबीच भएको असमझदारीका कारण नेपालमा रगतको अभाव र बिरामीले दुःख पाउने वातावरण बनेको अवस्थामा आजको अन्तरक्रियाले नयाँ विश्वासको वातावरण बनाउने काम गरेको रक्त सञ्चार केन्द्रको निर्देशन डाक्टर मनिता राजकर्णिकारले विश्वास दिलाईन् ।
त्यस्तै उनले सरकारले दिएको नीति तथा निर्देशनका आधारमा अगाडि बढ्ने र सबैको साथ र सहयोगले नै रक्तदान अभियानले सार्थक पाउने धारणा समेत राखिन् ।

एनआरएनएका प्रतिनिधि तथा रक्तदाता अभियन्ता अर्जुनप्रसाद मैनालीले नेपालमा रक्तदान अभियानलाई जस्तोसुकै सहयोग गर्नपनि आफू तयार रहेको स्पष्ट पारे । उनले भने,‘नेपालमा रक्तदान अभियानको लागि रक्तसञ्चार सेवासँग मिलेर एनआरएनएले दुई करोड रुपैयाँ बराबरको सहयोग गर्न लागिरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’

त्यस्तै कार्यक्रममा डब्लुएचओका प्रतिनिधि Dr. Azarina Barucha ले स्वस्थ व्यक्तिबाट स्वस्थ रगत बिरामीसम्म पुर्याउन रक्तदान गर्ने संघसंस्थाको महत्वपूर्ण भुमिका हुने हुँदा बिरामीको जीवन जोगाउन सबैलाई अनुरोध गर्दै यस अभियानमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको बताएकी छिन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूपनि रक्तदान गर्ने र रक्तदान अभियानमालाई सार्थक तुल्याउन पूर्ण रुपमा साथ र सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

‘अब जनता जान्न चाहन्छन’ नेताजी रक्तदान गर्नुभयो ? भनी यस अभियानलाई साथ दिँदै अगाडि बढाउन सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
त्यस्तै कार्यक्रममा ब्लोदानका महासचिव सानुबाबु प्रजापतिले नेपालको कानून अनुसार दर्ता भई २५ बर्षदेखि रक्तदान सम्बन्धि काम गरिरहेको एकमात्र संस्थालाइ पाखा लगाउने काम भएको भन्दै गुनासो पोखे ।

अन्र्तराष्ट्रिय नेप्लिज ब्लड डोनर्सका उपाध्यक्ष एभरेस्ट गौतमले यहाँका संस्थालाइ आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको विश्वास दिलाए । आगामी दिनमा रक्तदानको लागि सहकार्य गर्दै अघि बढ्ने समेत उनले प्रतिबद्धता जनाए ।

ठाकुरदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य खेम मरासिनीले राखेका थिए भने कार्यक्रमको सञ्चालन भने बालकृष्ण श्रेष्ठले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्