जेठ १२, काठमाण्डौ । पत्रकार ऋषि धमला विहान पाँच बजेदेखि राति १२ बजेसम्म काम गर्छन् । विभिन्न संचारमाध्यम र रिपोर्टस क्लब नेपालमा दौडधुप गर्ने धमलाको दिनभरको दौडधुप देखेर धेरैले आश्चर्य प्रकट गर्ने गरेका छन् ।
धमलालाई नजिकबाट नियालेका कलाकार राजा राजेन्द्र भन्छन्, “नेपाली पत्रकारिता क्षेत्रमा धमलाको योगदान अतुलनिय छ । उहाँ सबैतिर भ्याउनुहुन्छ । विहानदेखि रातिसम्म कसरी भ्याउनुहुन्छ, धेरैलाई चासोको विषय हुने गरेको छ ।”
विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसबाट सुरु हुने धमलाको दैनिकी सर्वसाधारण र नेता–मन्त्रीहरुसँगको छुट्टाछुट्टै भेटघाट, विभिन्न कार्यक्रममा समाचार रिपोर्टिङ, रिपोर्टर्स क्लब नेपालमा कार्यक्रम, टेलिभिजनमा कार्यक्रम गरेरै रातको १२ बजाउने गरेका छन् ।
राजा राजेन्द्रले प्रश्न गरे, “ऋषि धमलाले काठमाण्डौको जाम कसरी छिचोल्नुहुन्छ होला ? हरेक कार्यक्रममा कसरी पुग्नुहुन्छ ? सबै ठाउँमा कसरी भ्याउनुहुन्छ ? जनता जान्न चाहन्छन् ।”
धमला जत्तिकै जाँगरिलो, हिम्मत भएको र मिहिनेती सबै हुने हो भने देश परिवर्तन हुने भन्दै राजा राजेन्द्रले प्रशंसा गरे ।




प्रतिक्रिया