जेठ १२, काठमाण्डौ । संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको सरकारले कामभन्दा बढि अहंकार देखाएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले सय दिनकै बीचमा पार्टी एकतासमेत भएको र झण्डै दुई तिहाइ बहुमत प्राप्त भएकाले अहंकार देखापरेको बताए ।
सय दिनको अवधिमा आएको नीति तथा कार्यक्रम सबै सरकारले ल्याउने नियमित भएकाले त्यसलाई उपलब्धि मान्न नमिल्ने बताए । नीति र कार्यक्रम परम्परागत भएको श्रेष्ठको तर्क छ ।
केपी ओली नेतृत्वको सरकारले बिना अवरोध, बिना समस्या सहज रुपमा सय दिन पूरा गरेको भए पनि उल्लेखनीय काम नगरेको श्रेष्ठको दाबी छ ।
सिन्डिकेट अन्त्य गरेकोबाहेक अरु कुराहरु नदेखिएको उनले बताए ।
भारतसँग सम्बन्ध सुधार गरेको भनिए पनि सन्तुलित परराष्ट्र नीति भइसकेको भन्न नसकिने उनले बताए ।
“पञ्चतन्त्रका सुन्दर कथाहरु जस्तै विकासका कथाहरु धेरै सुनाइएको छ । गरेर देखाउन सकेको छैन । समृद्धिको लक्ष्य पनि बढाईचढाईका साथ देखाइएको छ ।” श्रेष्ठले भने ।
अहिलेको सरकारले संघीयतालाई कमजोर बनाउन षडयन्त्र गरेको उनको आरोप छ ।
संविधान संशोधनको माग पूरा नभएसम्म फोरम सरकारमा नजाने श्रेष्ठले बताएका छन् ।
“ढोका बन्द भएको होइन । तर संविधान संशोधन गर्ने प्रतिवद्धता नआएसम्म हामी सरकारमा जाँदैनौँ ।” उनले भने ।




प्रतिक्रिया