गुड्दा गुड्दै यसरी जल्यो बस (फोटो/भिडियो)


जेठ १२, काठमाण्डौ । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुड्दा गुड्दै आगो लागेको छ ।

शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो ।

बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमै पुरै बस सखाप पारेको थियो ।

तर यात्रु भने सकुशल छन् ।

गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।

नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।

https://www.youtube.com/watch?v=tbkbt-SoniY