‘प्रचण्ड’द्धारा रक्तदान कार्यक्रमको उद्घाटन

0
Shares

काठमाडौँ, १२ जेठ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसरमा सगरमाथा आरोही संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहाल र सम्पूर्ण दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो ।

बिहान ७ बजेदेखि शुरु भएको एकदिने रक्तदान कार्यक्रममा ११ बजेसम्म करीब एक सय जनाले रक्तदान गरिसकेका छन् । सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ ले नेपाललाई संसारमा चिनाउने सगरमाथाको अझै प्रचार–प्रसारको आवश्यकता औँल्याउनुभयो ।

संघकी अध्यक्ष माया शेर्पाले संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिनुभयो । रासस