Logo

रुस-चीन सम्बन्ध इतिहासकै राम्रो : राष्ट्रपति पुटिन



सेन्ट्स पिटस्बर्ग, १२ जेठ / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ ।

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ ।

उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भन्नुभएको छ । उहाँले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राख्नुभयो ।

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिनुभएको एक अन्तरवार्तामा उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राख्नुभयो । यस काँग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त काँग्रेसले सिर्जना गरेको उहाँले बताउनुभयो ।

उक्त अन्तरवार्ताका क्रममा उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताउनुभयो ।

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताउनुभयो ।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताउनुभयो ।

चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताउनुभयो ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राख्नुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि बृद्धि भएको बताउनुभयो । हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्