नेविसंघलाई युवा संघले भन्यो : कालो कपडा लगाएर सडकमा सुतेर समृद्धि आउँदैन


विश्व प्रजातान्त्रिक युवा संगठनको जिसी बैठकको १४ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं, १२ जेठ । यूवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले समृद्धिको अभियानमा यूवाहरुको उपस्थिति अनिवार्य रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा यूवा संघ नेपालले यही जेठ ८ देखी ११ गतेसम्म राजधानीमा सम्पन्न विश्व प्रजातान्त्रिक यूवा संगठनले जारी गरेको घोषणापत्र सार्वजनिक गर्नको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

पौडेलले महँगी नियन्त्रण, भष्टाचारको अन्त्य, सुशासन कायम, समृद्धिको बाटोमा मुलुकलाई लैजानेजस्ता कुराहरुमा यूवाहरुको महत्वपूर्ण आवश्यकता रहेको बताए ।

उनले भने,‘हामी विश्व साम्राज्यवादीको विरुद्धमा उभिएका छौं, विश्वका धेरै देशहरुमा हिंसा चलिरहेको छ, त्यहाँका जनताहरुले शान्ति चाहिरहेका छन्, अत्यचारको अन्त्य खोजिरहेका छन् तर त्यहाँको सरकार र विभिन्न संगठनहरुले दबाईरहेका छन्, हाम्रै देशमापनि महिला हिंसा र विभेदका घटनाहरु घटिरहेका छन्, महंगी बढिरहेको छ, यसका बारेमा हामी गम्भिर छौं, अबका केही दिनमै हामीहरु मुलुकलाई समृद्ध बनाउने र समाजको उत्थानको लागि मैदानमा परिणाम देखिनेगरि आउनेछौं ।’

नेविसंघले शुक्रबार राजधानीमा निकालेको बिरोध जुलुसलाइ इंगित गर्दै अध्यक्ष पौडेलले भने,‘समृद्धिको लागि अघि बढ्नुहोस्, दुई तिहाई सरकारलाई काम गर्न दिनुहोस्, कालो कपडा लगाएर सडकमा सुतेर समृद्धि आउँदैन, काम गर्नुपर्छ ।’

विश्व प्रजातान्त्रिक यूवा संठनको भेलामा विश्वका ४२ देशबाट यूवा नेताहरुको उपस्थिति रहेको थियो । उक्त भेलाले १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गरेको थियो ।

विश्व प्रजातान्त्रिक युवा संगठन

World Federation Democratic Youth (WFDY)

General Council Meeting

घोषणा पत्र

विश्व प्रजातान्त्रिक युवा संगठन (WFDY) को GC Meetingन २२ देखि २४ मे सन् २०१८ काठमाडांै नेपालमा युवा संघ  नेपाल, अनेरास्ववियु, अखिल क्रान्तिकारी र YCL को संयुक्त संयोजनमा ४२ देशका सय जना प्रतिनिधिहरुको सहभागितामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा  उद्घाटन भयो भने उक्त बैठकले निम्न बुँदाहरु सहितको घोषणापत्र जारी गरी सम्पन्न भएको छ ः

१ हामी नेपालमा सम्पन्न भएका पछिल्ला निर्वाचनहरुमा कम्यूनिष्ट र बामपन्थि शक्तिहरुले हासिल गरेको विजयप्रति खुसि व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्दछांै साथै नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकिकरण पछि बनेको नेपाल कम्यूनिष्ट पार्टीलाई विशेष समर्थन गर्दै निर्वाचनमा हासिल गरेको विजयलाई विना विदेशी हस्तक्षप सामाजिक न्याय स्थापना गर्न र आर्थिक समृद्धि हासिल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछांै ।

२ साम्राज्यवाद विरुद्धका  सबै संघर्षहरुलाई हामी सलाम र समर्थन गर्दछांै । र साम्राज्यवादी शक्तिहरु र बुर्जुवा वर्गहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रयोग गर्ने यस्ता तत्वहरु र औजारहरुको विरोध गर्दछौं । हामी पुनः एकपटक युक्रेनका जनताविरुद्ध भएको हिंसाको निन्दा गर्दे EU र NATO द्धारा उक्त आक्रमण र हिंसामा गरेको समर्थनप्रति खेद व्यक्त गर्दछांै । साथै कम्यूनिष्ट पार्टी अफ युक्रेन विरुद्ध लगाइएको प्रतिवन्ध कम्यूनिष्ट विचारधारा विरुद्धको कानून, Leninist Communist Youth Union Ukrin माथिको आक्रमण अझै जारी रहेको सन्दर्भमा हामी उक्त क्रियाकलापको विरोध गर्दछांै ।

३ स्पेन, ग्रिस लगायत युरोपका थुपै्र राष्ट्रहरुका सरकारले प्रर्दशनकारीमाथि गरेको दमनको हामी निन्दा गर्दछांै र हामी त्यसलाई प्रतिक्रियावादी निति स्वरुप पूजीवादी दकनको संकेतका रुपमा बुझ्दछांै । हामी Eritriya र जिम्वाबेका नागरीहरुमाथि लागाइएको प्रतिवन्धको अन्त्य गर्न माग गर्दछांै । साथै लिविया र दक्षिण सुडानमा चलिरहेको नरसंहारका घटनाहरुको पनि सम्पूर्ण रुपको अन्त्यका लागि जोडदार माग गर्दछांै । हामी नाइजेरिया, छड, निगर र उत्तरी क्यामरुनका जनताको समर्थनमा छांै । जो विगत एक दशक देखि त्यहाको कथित स्लामिक स्टेटको नाममा रहेका घरेलु कट्टपन्थि समुहहरुको विरुद्धमा संघर्ष गरिरहेका छन् ।

४ हामी नाटो, इयू र ग्क्ब् द्वारा मध्यपूर्वि लगायतका अन्य देशहरुमा गरिएको आन्तरिक मामला माथिको हस्तक्षप र सैन्य अभ्यासहरुको विरोध गर्दछांै । साथै हामी साम्राज्यवादी शक्तिहरुले सिरियामा फाँसीवादी र कट्टरपन्थीहरुलाई गरको सहयोगको विरोध गर्दै सिरिया माथिको युद्ध अन्त्यको माग गर्दछांै ।

५ हामी साइप्रस, प्यालेष्टाइन र पश्चिमी शाहराका नागरिकहरुले आफ्नो स्वतन्त्रताका लागि गरिरहेको संघर्षलाई पूर्ण रुपमा समर्थन गर्दछांै ।

६ हामी गाजामा प्यालेष्टाईनका नागरिहरुमाथिको नरसंहारको कडा शब्दमा निन्दा गर्दछांै र प्यालेष्टाईनको राष्ट्रिय एकता थप सुदृढ होस भन्ने शुभकामना व्यक्त गर्दछांै ।

७ हामी इर्यू र टर्किविच भएको हजारौं दमन, यातना र दुव्र्यवहारमा रहेका शरणार्थीहरुको विरुद्धमा भएको सम्झौताको विरोध गर्दछांै ।

८ हामी ल्याटीन अमेरिकामा  भईरहेको श्रोतहरुमाथिको हस्तक्षप र सैन्य अभ्यासहरुले सिर्जना गरेको गतिविधिहरुको विरोध गर्दछांै साथै भेनेजुएला माथिको आक्रमणको विरोध गर्दै भेनेजुयलाका जनताले आफ्नो स्वाधिनता, शान्ति, स्थायित्व प्राप्तिका लागि गरेको संघर्षको समर्थन गर्दछांै ।

९ संयुक्त राज्य अमेरिकाले विगत आधा दशकदेखि क्युवा माथि लगाएको नाकाबन्दिको निसर्त र अभिलम्ब अन्त्यको माग गर्दै क्युवाका जनताले साम्राज्यवादको विरुद्धमा गरेको संघर्षहरुको समर्थन गर्दछांै ।

१० ब्राजिलको Popular moment को दमनका लागि अलोकतान्त्रिक र अलोकप्रिय प्रक्रियाको विरोध गर्दै त्यहाँका जनताले आफ्नो भाग्य र सामाजिक व्यवस्थाको विना विदेशी हस्तक्षप निर्धारण गर्न पाउनुपर्ने मागको समर्थन गर्दछांै ।

११ हामी DPR Korea र Republic of Korea को PanmunJon सम्झौताको समर्थन गर्दै विना विदेशी हस्तक्षप पेनेसुलाको विकास त्यहाँका जनताको ईच्छा बमोजिम हुनुपर्ने कुराको समर्थन गर्दछांै ।

१२ हामी श्रीलंकामा त्यहाँको सरकारले लागू गरेको शैक्षिक संस्थाहरुको निजिकरणको नितिको विरोध गर्दै त्यहाँको श्रीलंकाली विद्यार्थी संगठनको आन्दोलनको समर्थन गर्दै त्यहाँको सरकारले उनीहरुमाथि गरेको दमनको घोर भत्र्सना गर्दछांै ।

१३ हामी वंगलादेशमा रहेका Rohingya शरणार्थीहरुलाई शान्तिपूर्ण तवरबाट आफ्नो देशमा फिर्ता गर्न गराउन माग गर्दछांै ।

१४ हामी नेपाली युवा र जनतालाई प्रथम पटक नेपालमा WFDY को न्ऋGC Meeting आयोजना गरकोमा धन्यवाद व्यक्त गर्दै यसले बर्षाैदेखि विश्व साम्राज्यवाद विरुद्धको आन्दोलनमा गरको योगदानको उच्च कदर गर्दै नेपालको कम्यूनिष्ट बामपन्थि आन्दोलनले पछिल्लो समयमा प्राप्त गरेको ऐतिहासिक सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्दछांै ।

धन्यवाद १