पर्यटन क्षेत्रको विकास भएमात्रै समृद्धि हाँसिल हुन्छ : ऋषि धमला


टुरिजम म्यान अफ दी ईयर अवार्ड प्रतिष्ठा अमात्यलाई
काठमाडौं, १२ जेठ । रिपोर्टस क्लव नेपालका सभापति ऋृषि धमलाले पर्यटन क्षेत्रको विकास भएमात्रै देशमा समृद्धि हुने बताएका छन् ।

पत्रकार धमलाले होटेल, विमानस्थल लगायतका पर्यटनका आधारहरुको विकास गर्नुपर्नेमा जोड दिए । समृद्धि र विकासको लागि सबै राजनीतिक दलहरु मिलेर काम गर्नुपर्ने पनि धमलाले बताए ।

उनले भने,‘सत्तापक्ष र प्रतिपक्ष सबैले अब चार वर्षसम्म विकासको कुरा गर्नुपर्छ, राजनीतिको कुरा अब बन्द गरौं । पर्यटन क्षेत्रको सरंक्षण र प्रर्वद्धनको लागि सरकारले पनि पहल गर्नुपर्छ, विकासको लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्छ।’

गन्तव्य नेपाल ग्रुपले प्रदान गर्ने टुरिजम म्यान अफ दि ईयर अवार्ड–२०१८ “बुद्ध वाज बर्न ईन नेपाल” अभियानमार्फत गिनिज बुकमा नाम लेखाउन पहल गरेबापत प्रतिष्ठा अमात्यलाई प्रदान गरिएको छ ।

नेपाली चुल्हो तथा नर्थ्फिल्ड होटलकी कार्यकारी निर्देशक अमात्य पर्यटन व्यवसायका साथै अन्य विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले सो अवार्ड प्रदान गरे ।

त्यसैगरी योङ्ग टुरिजम पर्सनालिटी अवार्ड–२०१८ बाट युवा समाजसेवी तथा होटल प्लेजर होमका प्रबन्ध निर्देशक दामोदर ढकाललाई प्रदान गरिएको थियो ।