काठमाडौं, १३ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनको बारेमा सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा प्रशारण हुने कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले यस्तो अडान दोहो¥याएका हुन ।
नेता झाले शान्ति, समृद्धि र परिवर्तनको लागि अन्य राजनीतिक दलहरु लागिपरेको बताउँदै आफूहरु राजनीतिक आन्दोलनमै भएको समेत बताए ।
उनले भने,‘अन्य राजनीतिक दलहरुले राजनीतिक आन्दोलन सकियो भनेर चुनावमा गएका थिए, त्यही अनुसार लागेका छन् हाम्रा मागहरु सम्बोधन भएका छैनन्, त्यसैले हामी अझैपनि राजनीतिक आन्दोलनमै छौं, आर्थिक समृद्धि राजनीतिक आन्दोलनका लागि पनि आवश्यक छ, फेरी मुलुकमा अशान्ति नहोस् भनेर हामीले राजनीतिक तवरबाटै लोकतन्त्रको मूल्य र मान्यतालाई अनुसरण गरेर निर्वाचनमा गयौं, आजको दिनमा पनि हामीले संविधान जनपक्षीय भएन भनिराखेका छौं।’
उनले अघि थपे,‘संविधान संशोधन भएन भने शान्ति हुँदैन, शान्ति भएन भने स्थिरता हुँदैन, स्थिरता भएन भने विकास हुँदैन, विकास नभए समृद्धि हुँदैन यो त प्रष्टै छ नि।’
सरकारको नीति तथा कार्यक्रमलाई वाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा नेपाली भोको रहनु भनेको सबै नेपाली भोको रहनु हो भनेर वाचन गर्दै गर्दा हामीले संविधान संशोधन हुनुपर्छ भनिराखेका छौं यत्रो राजनीतिक शक्तिले संविधान संशोधनको माग गर्दा सबै नेपालीको आवाज हो भन्न सकिदैन र ?’
स्थिरताकै लागि मधेश आन्दोलन शान्तिमा परिणत गरिएको बताउँदै नेता झाले संविधान संशोधनको लागि हामी उभिनेछौं ।




प्रतिक्रिया