काठमाडौं, १४ जेठ । १३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार चियापान कार्यक्रम आयोजना गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका बरिष्ठ मन्त्रीहरु, मन्त्रीहरु, सांसद, नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, उद्योगी, व्यवसायी, सुरक्षा निकायका प्रमुख, कलाकार, सन्चारकर्मीलगायतको उपस्थिति थियो ।
मुलुकमा राजतन्त्र अन्त्य भइ गणतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । राष्ट्रपतिको चियापानमा शीर्ष नेताहरु गफगाफमा व्यस्त देखिन्थे । राष्ट्रपति भण्डारीले शुभकामना दिए ।
चियापानमा उपस्थिति व्यक्तित्वहरुबीच प्रधानमन्त्री ओली सेल्फी खिच्न व्यस्त थिए । आज ओलीले सबैसँग खुलेर गफगाफ समेत गरेका थिए । प्रधानमन्त्री ओलीमात्रै नभएर राष्ट्रपति भण्डारीपनि चियापानमा उपस्थित् व्यक्तित्वहरुसँग गफिएकी थिईन् । राष्ट्रपति र नेताहरुबीचको भलाकुसारी लोभलाग्दो देखिएको थियो ।
अर्को रोचक कुरा के भने पत्रकार ऋषि धमलाले नेकपा र फोरमबीच आज भएको दुई बुँदे सहमतिको कुरा कोट्याउँदै यसमा सबैभन्दा ठूलो हात नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै रहेको बताएका थिए । धमलाले त्यतिमात्रै भनेनन् ।
उनले पछिल्लो समय प्रचण्ड र उपेन्द्र यादवबीच केमेष्ट्री मिलेको बताईदिए । धमलाको यो भनाई भुँईमा खस्न नपाउँदै उपेन्द्रले जवाफ फर्काईहाले,‘हाम्रो केमेष्ट्री धेरै पहिले मिलेको हो, अब त कार्यान्वयनमा गयो ।’ नेकपाका अध्यक्ष प्रचण्डपनि मुसुमुसु हाँसेका थिए । तर आज प्रचण्ड निकै खुशी प्रशन्न देखिन्थे ।




प्रतिक्रिया