मोदीको चार वर्षे कार्यकाल : नेपाल-भारत सम्बन्ध प्रगाढ


काठमाडौं, १५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षे आफ्नो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध घनिष्ठ बनेको छ । मोदी प्रधानमन्त्रीको रुपमा तीन पटक नेपाल भ्रमणमा आएका थिए ।

विदेशमन्त्री सुष्मा स्वराजले पनि मोदीको कार्यकालमा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अति नै सुमधुर बनेको दाबी गरेकी छिन् । नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध आगामी दिनमा पनि झनै सुमधुर बन्ने र द्धिपक्षीय सम्बन्ध आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास गरिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले पनि भारतसँग नेपालको अति नै घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

भारतीय जनता पार्टीका नेपाल मामिलाका जानकारहरुले पनि भारतीय प्रधानमन्त्री मोदीको कार्यकालमा नेपाल र भारतवीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्ने विश्वास ब्यक्त गर्दै आएका छन् ।

उनीहरुले नेपाल समृद्ध भए भारत पनि समृद्ध बन्ने भएकाले नेपालको समृद्धि र विकासको लागि भारतको सधै सहयोग र समर्थन गर्ने बताउँदै आएका छन् ।

नेपालबाट भईरहेको यूवाहरुको पलायन रोक्नको लागि औद्योगिकरणको मार्फत रोजगारको सृजना गर्न भारत लगानी गर्न प्रतिबद्ध रहेको पनि भारतीय नेताहरुले विश्वास दिलाएका छन् ।